झापामा गाडी चलाउँदा चलाउँदै बेहोस भएका चालकको मृत्यु

झापामा गाडी चलाउँदा चलाउँदै बेहोस भएका चालकको मृत्यु
सुन्नुहोस्

झापा : झापामा गाडी चलाउँदा चलाउँदै बेहोस भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला पथरीशनिश्चरे-९ निवासी ४५ वर्षीय योगेश धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार बिहीबार साँझ अन्दाजी साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ सितापुरी चोकमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र न १–०४–००१ च ००८० नम्बरको स्कोरपियो गाडी चालक धिमाल गाडी चलाउने क्रममा अचानक बेहोस भएका थिए ।

गाडीभित्र असहज भएका चालक धिमालले गाडी सडक किनारमा रोकेका थिए । सोही गाडीमा सवार यात्रुहरूले देखेर बोलाउँदा नबोलेपछि स्थानीय सहयोगमा उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो ।

 उनको उपचारको क्रममा गएराति ८ बजे मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे उर्लाबारी पठाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.