दावा लामाको उम्मेद्वारी तत्कालका लागि स्थगन गर्न उच्च अदालतको आदेश
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी पेश गरेका दावा लामाको उम्मेद्वारी तत्कालका लागि स्थगन गर्न उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालत पाटनले लामाको उम्मेद्वारीमा पक्ष–विपक्ष दुवैलाई छलफलमा राखी निष्कर्षमा पुग्ने भन्दै पत्राचार गरेको हो । हालका लागि लामाको उम्मेद्वारी स्थगन गर्न र चैत १० मा दुवै पक्षलाई साथमा राखी छलफलपछि मात्रै फैसला दिइने उल्लेख गरिएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले उक्त आदेश दिएको हो ।
२०६४ सालमा लागुऔषध खैरो हिरोइनको मुद्दामा कानुनी कारबाही भोगेका लामा यसअघि पनि एन्फाको उपाध्यक्ष रहेका थिए । अब आउने निर्वाचनमा पनि उनले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस !