बाढीका कारण बीपी राजमार्ग अवरुद्ध

बाढीका कारण बीपी राजमार्ग अवरुद्ध
फाइल तस्बिर

सिन्धुली : शुक्रबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् एसपी लालध्वज सुवेदीका अनुसार वर्षासँगै रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्गको नेपालथोक–भकुण्डेबेसी सडक खण्ड अवरुद्ध भएको हो। 

शनिबार बिहान साँढे तीन बजेदेखि नेपालथोक–भकुण्डेबेसी खण्ड अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ कालढुंगा र दाउन्नेमा रोशीमा आएको बाढीले क्षति पुर्‍याएको छ।

रोशी खोलाको पानीको बहाव बढी सडकमा समेत क्षति पुगेपछि बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ हिडेका सवारीलाई सिन्धुलीमाढी, दुम्जा र नेपालथोकमा होल्ड गरिएको प्रहरीले जनाएको छ। यस्तै काठमाण्डौबाट पूर्व तर्फ आउँदै गरेका सवारीलाई भकुण्डेबसीमै रोखिएको छ।

सिन्धुलीको दुम्जा प्रहरी चौकीमा २५/३० वटा सवारी र सिन्धुली चेकपोष्टमा १२/१३ वटा सवारी साधन होल्डमा राखिएको प्रहरी प्रमुख सुवेदीको भनाई छ।
अवरुद्ध राजमार्ग खुलाउन आवश्यक पहल थालिएपनि सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.