सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा यसदिन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार १२ हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ८२ हजार कायम भएको छ। गत शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५०० पुगेको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ प ओरालो लागेको छ। महासंघका अनुसार यसदिन एक तोला चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो। शुक्रबारको तुलनामा चाँदीको मूल्य ४७० रुपैयाँले घटेको हो।
प्रतिक्रिया दिनुहोस !