धावनमार्गमा एयर क्यानडाको विमान दुर्घटना: २ जनाको मृत्यु

धावनमार्गमा एयर क्यानडाको विमान दुर्घटना: २ जनाको मृत्यु
सुन्नुहोस्

न्यूयोर्क: न्यूयोर्कस्थित लाग्वार्डिया विमानस्थलको धावनमार्गमा आइतबार राति एयर क्यानडाको एउटा विमान र दमकल एकापसमा ठोक्किँदा विमानका पाइलट र को-पाइलटको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरूले  दिएको जानकारी अनुसार यस दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

सिएनएनका अनुसार आइतबार राति करिब ११:४० बजे मन्ट्रियलबाट आएको 'ज्याज एभिएसन' (एयर क्यानडाको भगिनी संस्था) को उडान नम्बर ८६४६ धावनमार्गमा गुडिरहेको बेला 'पोर्ट अथोरिटी'को दमकलसँग ठोक्किएको थियो। उक्त दमकल अर्कै एउटा विमानको ककपिटमा आएको शंकास्पद गन्धको गुनासो सम्बोधन गर्न जाँदै गर्दा यो भयानक दुर्घटना हुन पुगेको हो।

फ्लाइट राडर २४ का अनुसार ठक्कर खानु ठीक अघि विमानको गति प्रतिघण्टा करिब १३० माइल (२०९ किमि) थियो। विमानमा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए।

दमकलमा रहेका दुई व्यक्ति घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा विमानको अघिल्लो भाग (ककपिट र नोज) पूर्ण रूपमा क्षतिग्रस्त देखिएको छ। संघीय उड्डयन प्राधिकरण (FAA) ले सोमबार दिउँसो २ बजेसम्मका लागि विमानस्थल बन्द रहने जनाएको छ।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले घटनाको गम्भीर अनुसन्धानका लागि विशेषज्ञ टोली खटाएको छ। दुर्घटनाको समयमा विमानस्थल क्षेत्रमा हल्का वर्षा र कुहिरो लागेको बताइएको छ। यस घटनाका कारण न्यूयोर्क जाने र त्यहाँबाट छुट्ने सयौँ उडानहरू रद्द वा डाइभर्ट गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.