महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं : महिलामाथि हुने हिंसा बढ्दै गएकाले दोषीलाई कडा कारबाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
हिंसापीडित महिलाहरूका परिवारका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले हिंसामा संलग्नलाई कडा कारबाहीको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गर्नुपर्ने र खोटाङकी रेस्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले छोरीचेलीको रक्षा गर, कानुन राज्य स्थापना गर, अपराधीहरूलाई लुकाउन पाइँदैन, दोषीलाई कडाभन्दा कडा कारबाही गर लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
त्यस्तै उनीहरूले माइतिघरपछि मर हिला आयोग पुगेर नाराबाजी गरेका थिए। महिला हिंसाका घटना बढ्दै जादा समेत महिला आयोग निष्क्रिय जस्तै रहेकाले ध्यानाकर्षण गराइएको उनीहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !