डोटीमा जीप दुर्घटना : चालकसहित २ जनाको मृत्यु
डोटी : डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति करिब साढे १२ बजेको समयमा आदर्श गाउँपालिका- ६ रौसेल्ला खोलास्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउले तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार वडा नं. ३ काँडीस्याउले बस्ने २२ वर्षीय चालक सुबोध रोकाया र जीपमा सवार १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले छ ।
जीप सडकबाट करिब नौ सय मिटर तल साइली खोलामा खसेको छ ।
प्रतिक्रिया दिनुहोस !