प्यूठानको एक औषधि पसलमा विभागको शिलबन्दी
प्यूठान : औषधि व्यवस्था विभाग बाँकेले सरुमारानी गाउँपालिका–४ बड्डाडा प्यूठानस्थित शोभा स्वास्थ्य क्लिनिकमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरीसहितको बिभागको टोलीले अनुगमनका क्रममा शिलबन्दी गरेको हो ।
अनाधिकृत औषधि बिक्री गरेको पाइएकाले अनुगमन टोलीले शिलबन्दी गरेको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले पुष्टि गरे । अनुगमन टोली फिल्डमै भएकाले थप जानकारी प्राप्त नभइसकेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !