रौतहटमा १० हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

रौतहटमा १० हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै
सुन्नुहोस्

रौतहट : चैत १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८२ मा रौतहट जिल्लाबाट १० हजार ८८ विद्यार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले साधारण, प्राविधिक तथा ग्रेड वृद्धितर्फका गरी उक्त संख्यामा परीक्षार्थी सहभागी हुन लागेको जनाएको छ । जिल्लाका १०२ वटा सामुदायिक, २० वटा संस्थागत तथा ८ वटा प्राविधिक विद्यालयका गरी कुल १ सय ३० विद्यालयका विद्यार्थीका लागि ३९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

कार्यालयका अनुसार परीक्षामा ५ हजार २ सय ७१ छात्र र ४ हजार ८ सय १७ छात्रा सहभागी हुनेछन् । यस्तै, प्राविधिकतर्फ २ सय ४९ र ग्रेड वृद्धितर्फ २ सय ४५ विद्यार्थीले परीक्षाम सहाभागी हुनेछ्न । 

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ३९ जना केन्द्राध्यक्ष खटाइने तयारी छ भने शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख उपेन्द्र सिंहले परीक्षा निष्पक्ष, अनुशासित तथा पारदर्शी रूपमा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

परीक्षा केन्द्रमा अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको बताउदै सिंहले  परीक्षाको मर्यादा विपरीत कार्य गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी समेत दिएका छन् । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको सिंहले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.