प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन- कठिन घडीमा आलोचना र पीडा खेपेर काम गरेँ (भिडियो)

प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन- कठिन घडीमा आलोचना र पीडा खेपेर काम गरेँ (भिडियो)

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै कठिन घडीमा आलोचना र पीडा खेपेर पनि सरकारले देशका लागि काम गरेको बताएकी छन्।

प्रधानमन्त्री कार्कीले देश संकटमा रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको स्मरण गर्दै छोटो अवधिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ सरकार गठन भएको बताइन्। उनका अनुसार जटिल परिस्थितिका बीच पनि सरकारले सुरक्षा निकाय, प्रशासन र राजनीतिक दलहरूलाई समन्वय गर्दै निर्वाचनको वातावरण तयार पारेको थियो।

उनले निर्वाचन आयोगसँगको सहकार्यमा फागुन २१ गते शान्तिपूर्ण, निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न भएको उल्लेख गरिन्। यसका लागि कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारी र कर्मचारीहरूको योगदानको प्रशंसा गरिन्।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले कठिन परिस्थितिमा सुरक्षा व्यवस्था सुदृढ गर्दै निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताइन्।

प्रधानमन्त्री कार्कीले जनआन्दोलनपछि उत्पन्न जटिल अवस्थाबाट देशलाई सामान्य अवस्थामा ल्याउन सरकार सफल भएको दाबी गर्दै ७६ जनाको मृत्यु, हजारौं घाइते र ठूलो आर्थिक क्षति भएको अवस्थाबाट मुलुकलाई अघि बढाइएको उल्लेख गरिन्।

उनले निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ बनाएको र नागरिकहरूले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको बताउँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिइन्। साथै, नयाँ सरकारले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, रोजगारी सिर्जना र आर्थिक विकासमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिन्।

सम्बोधनमा उनले जेनजी आन्दोलनपछि सरकारले गरेका सुधारका प्रयासहरू उल्लेख गर्दै भ्रष्टाचार र जटिल अपराधको अनुसन्धानमा सम्बन्धित निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिइएको बताइन्।

उनले आफ्नो कार्यकालमा भएका कामहरूको मूल्यांकन जनतामा छाड्दै कुनै पनि काम गलत नियतले नगरेको स्पष्ट पारिन्। उनले सबै पक्षलाई संवैधानिक मर्यादाभित्र रही अघि बढ्न आग्रह गर्दै नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको बताइन्। 

भिडियो:


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.