पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अदातल ल्याउनुअघि लेखकलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो।

जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ। पक्राउ पछि ओली टिचिङ अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन्।

म्याद थपका लागि दुवैजनालाई अदालत पेश गर्न लागिएको हो। 

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ। आयोगले उनीहरूविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको छ।

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.