भारतीय प्रधानमन्त्री मोदीले साउदीका समकक्षी मोहम्मद बिन सलमानसँग गरे टेलिफोन वार्ता

भारतीय प्रधानमन्त्री मोदीले साउदीका समकक्षी मोहम्मद बिन सलमानसँग गरे टेलिफोन वार्ता
सुन्नुहोस्

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गरेका छन्। उनले मध्यपूर्वमा जारी द्वन्द्वबारे छलफल गरेका छन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट् गर्दै प्रधानमन्त्री मोदीले क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूको भारतले निन्दा दोहोर्‍याएको र समुद्री मार्गको स्वतन्त्रता सुनिश्चित गर्दै ढुवानी मार्गहरू खुला र सुरक्षित राख्न सहमति भएको बताएका छन्।

उनले लेखेका छन्, 'साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री महामहिम मोहम्मद बिन सलमानसँग कुरा भयो। पश्चिम एसियाको वर्तमान अवस्थाबारे छलफल गरियो। क्षेत्रीय ऊर्जा संरचनामाथि भएका आक्रमणहरूको भारतले निन्दा गरेको पुनः दोहोर्‍याएँ। समुद्री आवागमन स्वतन्त्र राख्न र ढुवानी मार्गहरू खुला तथा सुरक्षित राख्न आवश्यकतामा सहमति भयो। साथै साउदी अरबमा रहेका भारतीय समुदायको हितमा उहाँले निरन्तर दिएको सहयोगका लागि धन्यवाद दिएँ।'

मध्यपूर्वमा फेब्रुअरी २८ देखि द्वन्द्व सुरु भएयता मोदी र युवराज सलमानबीच भएको यो दोस्रो टेलिफोन वार्ता हो। यस संकटका क्रममा संयुक्त राज्य अमेरिका र इजरायल ले इरानमाथि आक्रमण गरेका छन् भने तेहरानले इजरायल र क्षेत्रका विभिन्न स्थानलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.