३० हजार घुससहित चौधरी पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन शाखाका प्राविधिक सहायक सन्जय चौधरीलाई घुससहित पक्राउ गरेको छ।
उद्योग नवीकरण गर्न सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको सूचनाका आधारमा आयोगले ३० हजार रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले बताए। चौधरीसँग रहेको दुई थान मोबाइल अख्तियारले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !