कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार

कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार
सुन्नुहोस्

काठमाडौं : विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्‍याइएका १२ नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रुपमा सञ्चालित अनलाइन स्क्र्यामिङ केन्द्रहरु, क्यासिनोहरुमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरिएको हो ।

कम्बोडियास्थित नेपाली राजदूताबास र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरुलाई गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उद्धार गरी सोमबार नेपाल फकाइएको हो । यस्तै कम्बोडियामा अलपत्र परेका र कठिन परिस्थितिमा रहेका नेपालीहरुलाई समेत पस्वदेश फर्काउने पहल भइरहेको जनाइएको छ । कम्बोडियामा नेपालीहरुलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लयाइएको र बिना भिसा र भिसा अवधि भन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको पनि कम्बोडियाको समेत जिम्मेवारी सम्हालिरहेको नेपाली राजदूतावास बैंककले विज्ञप्तीमार्फत जनाएको छ । 

कम्बोडियामा अवैध रुपमा बसिरहेका नेपालीहरुलाई नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधि शिवराज पराजुली (८५५१२२१५५७८), लालसिंह खड्का (८५५९३२०३६६६) र रामजीकुमार क्षेत्री (८५५९६३४६५७८८) मा सम्पर्क गर्न आग्रह गरिएको छ । कम्बोडियाका पर्यटनसमबन्धी तथ्याङ्क अनुसार सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, २०२३ मा २९४०, २०२४ मा ६४०४ र २०२५ मा ९६७६ जना नेपाली कम्बोडिया गएको देखिएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरुमा भ्रमणको वहाना गरी वैदेशिक रोजगारीमा नआउन समेत नेपाली राजदूतावास बैंककले सचेत गराएको छ ।

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.