सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गर्न बालेन आतुर

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गर्न बालेन आतुर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमको विकास गर्न आफू तत्पर रहेको बताएका छन्। चुनावी अभियानका क्रममा आफू सुदूरपश्चिमका जिल्लाहरूमा गएको त्यहाँका मुद्दाहरू सम्बोधन गर्न आफू तयार रहेको बताए।

सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग उनले विकासको खाकाका बारेमा छलफल गरेका थिए। छलफलका क्रममा कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तारका लागि सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सांसदहरूले अस्पतालको क्षमता विस्तारका लागि हालः एक सय बेडमा सञ्चालनमा रहेको अस्पताललाई ३ सय बेडको बनाउनुपर्ने बताएका थिए।

त्यस्तै सांसदहरूले मेडिकल अध्ययनका लागि एमबीबीएसतर्फ ५० सिट, नर्सिङतर्फ ३० सिट, बीएससी/एमएलटीतर्फ २० सिट र अफ्थोमोलोजीका लागि २० सिट निर्धारण गर्नुपर्ने प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

त्यसका लागि आउँदो आर्थिक वर्षमा २ अर्ब ५८ करोड बजेट सुनिश्चितता गर्नुपर्ने माग गरेका थिए। केही दिनअघि कैलाली २ बाट निर्वाचित सांसद केपी खनालले शिक्षा मन्त्री सस्मित पोखरेल र अर्थ मन्त्रालयका सचिवलाई भेटेर उक्त विश्वविद्यालयको स्तरोन्तिको बारेमा छलफल गरेका थिए।

प्रधानमन्त्री बालेनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नति गर्न आफू आतुर रहेको बताएका थिए। उनले चुनावी अभियानका क्रममा कैलालीलगायत सुदूरपश्चिम जिल्ला भ्रमण गरेको र त्यहाँको विकासका निम्ति आफू तत्पर रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.