ठमेलबाट पक्राउ परेका युगाण्डाका २० महिलालाई निष्कासनको तयारी

ठमेलबाट पक्राउ परेका युगाण्डाका २० महिलालाई निष्कासनको तयारी

काठमाडौं : ठमेल क्षेत्रबाट पक्राउ परेका युगाण्डाका २० जना महिलालाई सरकारले निष्कासन गर्ने तयारी गरेको छ। ठमेलका विभिन्न सार्वजनिक स्थानमा विदेशी तथा स्वदेशी पर्यकहरूलाई दुःख दिने, अश्लील हर्कत देखाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरेर निष्कास गर्ने तयारी गरिएको अध्यागमन स्रोतले जानकारी दिएको छ। 

सार्वजनिक स्थलमै पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील गतिविधिसम्बन्धी मोलमोलाइ गर्ने र अवैध यौन धन्दा सञ्चालन गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई ठमेलस्थित फायरचोक आसपासबाट पक्राउ गरेको थियो।

सम्झाइ-बुझाइ गर्न खोज्दा ती महिलाहरूले उल्टै प्रहरीमाथि अपशब्द प्रयोग गर्दै धक्कामुक्का गरेको र सर्वसाधारणलाई समेत हैरानी दिएको प्रहरी अधिकारीले जनाएका छन्। त्यसपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जनही ७०० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी निष्कासनका लागि अध्यागमन कार्यालय कालिकास्थान पठाइएको स्रोतले जनाएको छ।

पक्राउ पर्नेमा ब्रेन्डा नाफुना, हाजलाह नान्दुत, प्रोसी किरावो, सिल्भिया तुशेमेरेइरवे, मार्ग्रेट कालुले नाबुन्न्या, ग्रेस तुमुसीमे, हदिजाह नागावा, शादिया नाकिमेरा, डाफाइन म्बाबाजी, शिफ्रान अम्पेइरे, बेट्टी नान्दुदु, फ्रान्सिका नाम्बोजो, हासिफा नाकालेम्बे, हाजराह बातामुलिसा कालामा, म्याक्लिन निमुसीमा, बेना नाकाटो नाकान्जाको, नान्यान्जी जुलिएट, कासिफा नात्तु, रोबिनाह नालुमान्सी र स्पेसिओजा नाल्वाड्डा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.