मालपोत कार्यालय इनरुवामा १५ बिचौलिया पक्राउ

मालपोत कार्यालय इनरुवामा १५ बिचौलिया पक्राउ
फाइल फोटो
सुन्नुहोस्

सुनसरी : सुनसरीको इनरुवास्थित मालपोत कार्यालयमा छापा मारी जिल्ला प्रशासन कार्यालयले १५ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई दुःख दिने तथा अवैध रूपमा आर्थिक लाभ लिने गरेको गुनासोका आधारमा बुधबार उक्त कार्यालयमा छापा मारी बिलौलियाहरुलाई पक्राउ गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले मालपोत कार्यालयभित्र आर्थिक अनियमितता हुने र लेखापढी व्यवसायीहरू नै बिचौलियाको रूपमा सक्रिय भई सेवाग्राहीलाई सास्ती दिने गुनासो बढेपछि छापा मारिएको बताए । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउन यस्तो कदम चालिएको उनको भनाई छ ।

पक्राउ परेका १५ जनालाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी दोषी ठहरिए कानुनअनुसार कारबाही गरिनेछ । पक्राउ परेकाहरु मालपोत कार्यालय अगाडी लेखापढी सेन्टर सञ्चालन गरी बसेका ब्यबसायीहरु रहेका छन् ।

पछिल्लो समय मालपोत कार्यालयमा बिचौलियाको सक्रियताका कारण सेवाग्राहीले अनावश्यक सास्ती भोग्नु परेको गुनासो बढ्दै आएको थियो । सेवा लिन आउने सर्वसाधारणलाई झन्झटमा पार्दै अतिरिक्त रकम असुल्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै प्रशासनले निगरानी बढाएको छ । सरकार परिवर्तनसँगै स्थानीय प्रशासनले सरकारी कार्यालयमा हुने अवैध गतिविधि नियन्त्रणमा चासो देखाउँदै कडाइ सुरु गरेको छ । आगामी दिनमा यस्ता गतिविधिविरुद्ध थप कडा अनुगमन र कारबाही जारी रहने प्रशासनले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.