हिजो तोलामै ७४ सयले बढेको सुनको भाउ आज कति छ ?
काठमाडौं : बुधबार एकै दिन तोलामा ७४ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार भने ओरालो लागेको छ । सुनको मूल्य आज तोलामा ३६ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ७४ सय रुपैयाँले बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ थियो । गएको माघ १५ गते एकै दिन तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस !