सभामुखका लागि डीपी अर्यालले गराए मनोनयन दर्ता
काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन्। अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेको थियो। सभामुख पदको आइतबार हुने निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !