क्यानको बोर्ड बैठक स्थगित
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक स्थगित भएको छ । शनिबार तय भएको बैठक स्थगित भएको छ । क्यानका केही बोर्ड सदस्यले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब बोर्डमा हालसम्म पेस नभएको भन्दै क्यानको शनिबारको बैठक बहिस्कार गरेका हुन् ।
क्यानका एक बोर्ड सदस्य भन्छन्, ‘हामी ७÷८ जनाले बैठक बहिस्कार गरेका हौं ं। दोस्रो एनपीएलको हिसाव बुझाउने त समय होला अझै तर पहिलो एनपीएलको हिसाब बोर्ड सदस्यले थाहा नै नपाइ अडिट गरिसक्यौं भन्नु हुन्छ । हामीलाई थाहा नै छैन’, उनले अन्नपूर्णसँग भने । त्यस्तै, बोर्ड सदस्य सुदीप शर्माले भने केही सदस्यहरु काठमाडौं बाहिर भएका कारण बैठक स्थगित भएको बताए ।
‘हाम्रो केही साथीहरु काठमाडौं बाहिर हुनुहुन्छ । त्यसैले बैठक स्थगित भएको हो । अब भोलि (सोमबार) हुने भन्ने छ । नेपाल प्रिमियर लिगको हिसाब नआएको भन्ने विषयमा आफैं एनपीएलको संयोजक समितिमा रहेका शर्मा भन्छन्, ‘त्यस्तो होइन । हामीले सबै हिसाब बुझाइ सक्यौं ।’ अख्यिारको मुद्दा, हालसम्म पनि वार्षिक अडिट सम्पन्न नहुनु नै असन्तुष्ट पक्षको बहिस्कारको कारण रहेको एक सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस !