पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा
सुन्नुहोस्

वीरगन्ज : पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू सोमबारदेखि आफ्नो सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् । नयाँ सरकार गठन लगत्तै प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको आरोपमा धरपकड गर्न थालेको विरोधमा उनीहरू सोमबारदेखि अनिश्चितकालिन हड्तालमा उत्रिएका हुन् । 

पर्सामा पनि गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको थियो । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका मालपोत, नापी,भूमीसुधार, अदालत र जिल्ला प्रशासन कार्यालयमा बसेर सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू अनिश्चितकालिन हड्तालमा रहेको एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले बताए । 

आइतबार बसेको लेखापढी व्यवसायीहरूको बैठकको निर्णय अनुसार नै आफूहरू सरकार र प्रहरी प्रशासनको रवैयाविरुद्ध हड्तालमा उत्रिएको उनीहरूको भनाइ छ। लेखक व्यवसायीहरूलाई बिनाकारण सम्बन्धित कार्यालय परिसरभित्र र बाहिरबाट समेत धरपकड र पक्राउ गरिएको उनले बताए ।  नेपाल सरकारको नियम अन्तर्गत रही भू–सेवा केन्द्र सञ्चालन अनुमति लिई धरौटी बुझाइ कार्य सञ्चालन गरेकोमा हाल विभिन्न बहाना बनाइ धरपकड गरिनु खेदजनक भएको उनले बताए । विभिन्न जिल्लाका कार्यालयबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न पनि उनले माग गरे । 

अध्यक्ष यादवका अनुसार,पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १ सय २१ जना र लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सय बढी लेखापढी व्यवसायीहरू रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.