इजरायली हवाई आक्रमणमा परी लेबनानमा १० जनाको मृत्यु, दर्जनौं घाइते

इजरायली हवाई आक्रमणमा परी लेबनानमा १० जनाको मृत्यु, दर्जनौं घाइते
सुन्नुहोस्

काठमाडाैं : लेबनानमा रातभर भएका आक्रमणहरूमा परि कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन्।

नेशनल न्युज एजेन्सीका अनुसार दक्षिणी बेरुतको जनह क्षेत्रमा भएको इजरायली आक्रमणमा १५ वर्षीय किशोरसहित ५ जनाको मृत्यु भएको छ भने सहरको उत्तर-पूर्वी क्षेत्रमा पर्ने ऐन सादे मा भएको आक्रमणमा ३ जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सीले बेरुतको दक्षिणमा पर्ने तुल नजिकै भएको हवाई आक्रमणमा एक दम्पतीको मृत्यु भएको र उनीहरूका ९ र १५ वर्षका दुई छोराछोरी घाइते भएको जनाएको छ।

इजरायली सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै लेबनानका नागरिक पूर्वाधार र संरचनाहरू भित्र लुकाएर राखिएका हतियार भण्डारण केन्द्र र लन्चरहरूमा आक्रमण गरिएको बताएको छ।

इजरायलले मार्चको सुरुदेखि नै दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाउँदै आएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण र स्थलगत अतिक्रमणका कारण मृत्यु हुनेको संख्या १,४६१ पुगेको छ।

हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार जारी राखेको छ। उसले आइतबार दुई दर्जनभन्दा बढी र सोमबार चारवटा आक्रमण गरेको जनाएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबारसम्म लेबनानका ८० भन्दा बढी सहर र गाउँहरू खाली भइसकेका छन् भने देशको १५ प्रतिशतभन्दा बढी जनसंख्या विस्थापित भएको छ।

आइतबार, सत्ताधारी लिकुड पार्टीका सदस्यहरूसहित इजरायलका १८ जना दक्षिणपन्थी सांसदहरूले लेबनानी सीमा क्षेत्रका गाउँहरू ध्वस्त पार्ने र त्यहाँका बासिन्दाहरूलाई निष्कासन गर्ने योजनालाई विस्तार गर्न इजरायली सेनासँग माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.