गोली चलाएर पिङ्गलास्थानबाट दुई भारतीय पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले सोमबार राति पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो।
लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
उनले भने,'विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा गोली चलाउनु पर्यो। त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०/३५ वर्षीय अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।'
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !