युगाण्डाका २० जना महिलालाई निष्कासन गर्ने गृह मन्त्रालयको निर्णय

युगाण्डाका २० जना महिलालाई निष्कासन गर्ने गृह मन्त्रालयको निर्णय
सुन्नुहोस्

काठमाडौं : गृह मन्त्रालयले युगाण्डाका २० जना महिलालाई निष्कासन गर्ने निर्णय गरेको छ। ठमेल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई गृहले एक वर्षका लागि नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको हो।

गृह मन्त्रालयको निर्णयसँगै अध्यागमन विभागले ती महिलाहरूलाई निष्कासन गर्न थालेको छ। अध्यागमनका एक अधिकारीले अन्नपूर्णसँग भने, 'टिकट लिएर आएका केही गइसके। केहीलाई टिकट लिएर आएपछि निष्कासन गर्छौं।'

ठमेलका विभिन्न सार्वजनिक स्थानमा विदेशी तथा स्वदेशी पर्यटकहरूलाई दुःख दिने, अश्लील हर्कत देखाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। सार्वजनिक स्थलमै पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील गतिविधिसम्बन्धी मोलमोलाइ गर्ने र अवैध यौन धन्दा सञ्चालन गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई ठमेलस्थित फायरचोक आसपासबाट पक्राउ गरेको थियो।

सम्झाइ-बुझाइ गर्न खोज्दा ती महिलाहरूले उल्टै प्रहरीमाथि अपशब्द प्रयोग गरेपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जनही ७०० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कानुनी प्रक्रिया पूरा गरी निष्कासनका लागि अध्यागमन कार्यालय कालिकास्थान पठाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.