मकवानपुरको रोमाञ्चक जित, आयोजक ६ रनले पराजित

मकवानपुरको रोमाञ्चक जित, आयोजक ६ रनले पराजित

सिमरा : आयोजक जीतपुर–सिमरा स्पोट्र्स क्लबमाथि रोमाञ्चक जित हात पार्दै मकवानपुर जिल्ला क्रिकेट संघले तेस्रो जीतपुर–सिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । जीतपुर–सिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा मकवानपुरले आयोजकलाई ६ रनले पराजित गरेको हो ।

मकवानपुरले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको आयोजकले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो । आयोजकका राहुल यादवले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ३५ रन बनाए पनि हार टार्न सकेनन् । ६ विकेटको पतनपछि मैदानमा आएका राहुलले अविजित रहँदै चार छक्का र एक चौका प्रहार गरे ।  

यसै गरी राहुल हकले ३७, विकास सर्राफले २६, कमलेश दासले १८, रजनिश मण्डलले १२ रन बनाए । अन्य पाँच ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आयोजकलाई रोक्ने क्रममा साकार गजुरेलले तीन विकेट चट्काउँदा रोहित ठाकुर र विशाल फुयाँलले दुई-दुई विकेट हात पारे । निकेश श्रीवास्तवले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा आठ विकेट गुमाएर १५२ रन जोडेको थियो । मकवानपुरका ओपनर गोकुल अधिकारीले ३५ रन जोड्दा राजा अहमदले १९, विशेषविक्रम थापाले १८, विशाल फुयाँलले १४ र युविन बुढाथोकीले १३ रन बनाएका थिए ।  आयोजकका आशिफ शेख र रेहान जाकिरले दुई-दुई विकेट लिँदा राहुल यादव, रोहन यादव र रितेश यादवले एक÷एक विकेट हात पारे ।

खेलको प्लेयर अफ दि म्याच मकवानपुरका साकार गजुरेल घोषित भए । साकारलाई नविन खड्काले पुरस्कृत गरे । यसैगरी समिर लुईटेलले जनकपुर बोल्ट्सको जर्सी हस्तान्तरण गरे । प्रतियोगिता अन्तर्गत बुधबार चितवन जिल्ला क्रिकेट संघ र आयोजकबीच हुनेछ । चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.