अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई गर्‍यो निष्कासन

अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई गर्‍यो निष्कासन

काठमाडौं : अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो।

निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। 

प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको विमानबाट उहाँहरू आइपुग्नुभएको छ। प्रहरी टोलीले अहिले उहाँहरूसँग सोधपुछ गरिरहेको छ,' प्रहरी स्रोतले अन्नपूर्णसँग भने।

निष्कासनमा परेका नेपालीहरूलाई कसरी अमेरिका पुगेको बारेमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। विभिन्न प्रलोभनमा परेर नेपालीहरू गैरकानुनी रूपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्। आवश्यक कागजात नभएपछि उनीहरूलाई अमेरिकाको अध्यागमन प्रहरीले पक्राउ गरी निष्कासन गर्ने गरेको छ। यसअघि पनि पटक-पटक सयौं संख्यामा नेपालीहरू अमेरिकाबाट निष्कासित हुँदै आएका छन्। 

यो पनि पढ्नुस्:

अमेरिकाले निष्काशन गरेका १२० भन्दा बढी नेपालीलाई चार्टड विमानमार्फत ल्याइँदै 

अमेरिकाले थप ३७ जना नेपालीलाई गर्‍यो निष्कासन 

अमेरिकाले फेरि ६ जना नेपालीलाई गर्‍यो निष्कासन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.