वकिललाई प्रशासनिक अदालत प्रवेशमा कडाइ

वकिललाई प्रशासनिक अदालत प्रवेशमा कडाइ
सुन्नुहोस्

काठमाडौं : सरकारले सिंहदरबारस्थित प्रशासनिक अदालत प्रवेशमा कडाइ गरेको छ। अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै काम विशेषले आउने व्यक्तिहरूले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था लागू गरिएको जनाएको छ।

अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले काम विशेषले प्रशासकीय अदालत आउने व्यक्तिहरूका लागि नयाँ मापदण्ड लागू गरिएको जानकारी दिए। उनका अनुसार पदाधिकारी तथा कर्मचारीले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रका आधारमा मात्र प्रवेश पाउनेछन्। यस्तै कानुन व्यवसायीहरूले सिंहदरबार गेट पासका आधारमा मात्रै प्रवेश गर्न पाउनेछन्।

यसअघि नेपाल बार काउन्सिल र नेपाल बार एसोसियनबाट जारी भएको कानुन व्यवसायीहरूको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकार दिएको थियो। मुद्दाका पक्ष वा वारेसले सम्बन्धित पक्ष /वारेसको तारिख पर्चाका आधारमा प्रवेश पाउने व्यवस्था गरिएको छ।

अन्य आगन्तुक/सरोकारवाला/अन्य सबैका लागि प्रशासनिक अदालतको दैनिक इ- पास अनिवार्य गरिएको छ। अदालतले सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षति बनाउन यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। प्रशासकीय अदालतबाहेक अन्य निकाय तथा मन्त्रालयमा प्रवेशका लागि सम्बन्धित निकायसँगै समन्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.