श्रम मन्त्री साहलाई फिर्ता बोलाउने रास्वपाको तयारी

श्रम मन्त्री साहलाई फिर्ता बोलाउने रास्वपाको तयारी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपकुमार साहलाई फिर्ता बोलाउने तयारी गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले मन्त्री साहको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका हुन्। मन्त्री नियुक्त भएको १४ दिनमै विभिन्न विवादमा मुछिएको र उनको कार्यसम्पादनमा पनि प्रधानमन्त्री बालेन सन्तुष्ट हुन नसकेको स्रोतको भनाइ छ।

स्वास्थ्य बीमा बोर्डको सदस्यमा श्रीमतीलाई ल्याउने प्रयास गरेको, अव्यवसायिक ढंगबाट कार्यसञ्चालन गरेको मन्त्री साहमाथि पार्टीले आरोप लगाएको छ। रास्वपाका एक शीर्ष नेताका अनुसार पार्टीको अनुशासन समितिको सिफारिसमा मन्त्री साहलाई फिर्ता बोलाउन लागिएको हो।

'उहाँको कार्यसम्पादनप्रति पार्टी र प्रधानमन्त्री पनि सन्तुष्ट हुन सक्नुभएन। सरकार डेलिभरीका लागि बने पनि उहाँ विभिन्न विवादमा मुछिनुभयो। पार्टीले उहाँलाई फिर्ता बोलाउने तयारी गर्दैछ,' ती नेताले अन्नपूर्णसँग भने। मन्त्री साह चैत १३ गते नियुक्त भई कार्यभार सम्हालेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.