लेबनानमा इजरायलको आक्रमणमा २०३ जनाको मृत्यु, हजार बढी घाइते
काठमाडौं : लेबनानमा इजरायलको आक्रमणमा २०३ जनाको मृत्यु भएको छ भने एक हजार बढी घाइते भएका छन् । इरानले लेबनानमाथि भइरहेको इजरायली आक्रमणलाई अमेरिका–इरान युद्धविराम सम्झौताको गम्भीर उल्लंघन भन्दै आएको छ ।
यता, इजरायलले बुधबार नै स्पष्ट पारेको थियो कि लेबनान युद्धविरामको हिस्सा होइन । तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भने लेबनानमा पनि युद्धविराम लागू हुने बताएका थिए । इजरायलले रातभर लेबनानमा हिज्बुल्लाहका विभिन्न स्थानहरूमा आक्रमण गरेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेसले हिज्बुल्लाह नेता नईम कासिमका व्यक्तिगत सचिव अली युसुफ हार्शी (जो उनका भतिजा पनि हुन्) लाई मारिएको दाबी गरेको छ । इजरायल डिफेन्स फोर्सेसका अनुसार लितानी नदीमाथिका दुई वटा पुलहरूलाई पनि निशाना बनाइएको छ । पछिल्ला हप्ताहरूमा यस नदीलाई बारम्बार निशाना बनाइँदै आएको छ, जसका कारण दक्षिणी लेबनान धेरै हदसम्म अलग्गिएको छ ।
प्रतिक्रिया दिनुहोस !