कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार साँझ कृष्णपुर नगरपालिका-१ स्थित पहरीया-कुमगडा भित्रि कच्ची सडक खण्डमा से१ज २९० नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ का ६० वर्षिया नन्दराम पार्की र सोही स्थानका ६२ वर्षीया कमला देवी बोहरा छन्।
त्यस्तै कृष्णपुर नगरपालिका-१ का जीप चालक २४ वर्षीया अर्जुन साउँद गम्भीर घाइते भएका छन\। प्रहरीका अनुसार साउँदको शरीर र टाउकोमा चोट छ। घाइते हुनेमा सोही स्थानका ३५ वर्षीया धनसरी बोहरा,१३ वर्षीया सरिता बोहरा,१५ वर्षीया भावना पार्की,१४ वर्षीया रेश्मा घटाल र भीमदत्त नगरपालिका-८ तिल्केनीका ५० वर्षीया गंगा विष्ट छन्। जीप अनियन्त्रित भइ कच्ची सडकबाट ५०/६० मिटर तल खोल्सामा खसेको थियो। घाइतेहरूलाई उपचारका लागि धनगढी अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !