अवैध रूपमा भित्राइएका ४ वटा गाडी बरामद

अवैध रूपमा भित्राइएका  ४ वटा गाडी बरामद
क्याप्सन : ट्राफिक प्रहरीले बरामद गरेका चोरीका गाडीहरू । तस्बिर: रत्नप्रसाद आचार्य

सुनसरी : इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले कोशी प्रदेशका विभिन्न राजमार्गबाट अवैध रूपमा भित्राइएका र नक्कली नम्बर प्लेट प्रयोग गरिएका ४ वटा गाडीहरू नियन्त्रणमा लिएको छ।

इटहरीका प्रमुख एसपी दीपक गिरीले पछिल्लो समय नक्कली नम्बर प्लेट प्रयोग गरी सुनसरी र झापा जिल्लामा अवैध रूपमा सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएपछि निगरानी कडा पारि उक्त गाडीहरु नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

ट्राफिक प्रहरीले सुरुमा प्रदेश २–००२ च ४०९८ नम्बरको सेतो रंगको महेन्द्रा कम्पनीको बोलेरो पिकअप नियन्त्रणमा लिएको थियो। उक्त सवारी साधन यातायात व्यवस्था कार्यालय इटहरीमा बुझेर जाँच गर्दा आफुखुशी नक्कली नम्बर प्लेट राखी सञ्चालन गरिएको खुल्न आएको एसपी गिरीले बताए। साथै, आयातकर्ता कम्पनीसँगको समन्वयमा जाँच गर्दा सो इन्जिन नम्बर TNN1J96961 र चेसिस नम्बर MA1ZN2TNKN1J86169 भएको सवारी साधन नेपालमा आयात नै नगरिएको पुष्टि भएको पाइएको छ।

त्यस्तै, प्र.१–०१–००१ च ९९१२ नम्बरको सेतो रंगको टाटा पन्च निजी कार पनि बरामद गरिएको छ। उक्त सवारीको कागजात तथा विवरण जाँच गर्दा नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएको भेटिएको छ। आयातकर्ता कम्पनीसँगको समन्वयमा गरिएको थप अनुसन्धानबाट इन्जिन नम्बर AWXM06482 र चेसिस नम्बर MAT634031PPA07757 भएको उक्त गाडी नेपालमा आयात नगरिएको पुष्टि भएको एसपी गिरीले जानकारी दिएका छन्।

ट्राफिकले बा १३ च ७७६ नम्बरको डार्कग्रे मेटालिक रंगको हुण्डाई कम्पनीको आई ट्वान्टी कार पनि बरामद गरेको छ। उक्त सवारी साधन सम्बन्धित कार्यालयमा बुझेर जाँच गर्दा यसमा पनि नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको एसपी गिरीले बताए। आयातकर्ता कम्पनीबाट प्राप्त विवरणअनुसार इन्जिन नम्बर G4LAAM473747 र चेसिस नम्बर MALBB51BLAM205525 भएको उक्त सवारी साधन नेपालमा आयात नभएको पुष्टि भएको उनले जानकारी दिएका छन्।

ट्राफिकले SK01PA3029 नम्बरको भारतीय मारुती सुजुकी कम्पनीको कार पनि बरामद गरेको छ। उक्त सवारीको आरसी बुक जाँच गर्दा इन्जिन नम्बर G13BBN242988 र चेसिस नम्बर MA3EYE41S00130463 बीच मेल नखाएको पाइएको एसपी गिरीले बताए।

ट्राफिक प्रहरीले बरामद गरेका ४ वटै गाडी शुक्रवार पत्रकार सम्मेलन गरि इटहरीमा सार्वजनिक गरेको छ। बरामद गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अनिल माबोहाङ, झापाका प्रहरी निरीक्षक सन्तोष राई र हवल्दार खेमराज प्रसाईको कमान्डमा छुट्टाछुट्टै खटिएको टोलीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानले अधिकांश सवारी साधनमा नक्कली नम्बर प्लेट प्रयोग गरी अवैध रूपमा सञ्चालन गरिएको देखाएको र नेपालमा विधिवत आयात नै नभएको तथ्य समेत खुल्न आएको एसपी गिरीले बताए।

एसपी दीपक गिरीका अनुसार यसअघि पनि ट्राफिक प्रहरीले सातवटा बोलेरो गाडी बरामद गरी भन्सार कार्यालयलाई बुझाइसकेको छ। ‘राजमार्ग क्षेत्रमा अवैध रूपमा सञ्चालन हुने सवारी साधनमाथि हाम्रो निगरानी निरन्तर रहनेछ। नक्कली नम्बर प्लेट प्रयोग गर्ने तथा चोरीका सवारी चलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याइनेछ,’ एसपी गिरीले भने।

बरामद गरिएका सवारी साधनहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइने उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.