३ सय बोरा अनुदानको मल लुकाइएको अवस्थामा बरामद

३ सय बोरा अनुदानको मल लुकाइएको अवस्थामा बरामद
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको दुई बजार क्षेत्रबाट प्रहरीले ३ सय बोरा अनुदानको मल बरामद गरेको छ। 

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मल अवैध रूपमा भण्डारण गरेर महँगो मूल्यमा बिक्री गरेको पाइएपछि दुई छुट्टाछुट्टै स्थानबाट ३ सय बोरा मल फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ हेडक्वाटर सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए। उनका अनुसार बलेफी गाउँपालिका–७ खाडीचौरस्थित साजन किराना पसलको गोदामबाट ७४ बोरा युरिया र १ सय ९० बोरा डिएपी मल फेला पारिएको छ। 

राजन श्रेष्ठले सञ्चालन गरेको उक्त पसलमा सरकारबाट अनुदानमा उपलब्ध गराइने खेतीशक्ति ब्रान्डको मल लुकाइ राखिएको भेटिएपछि गोदाम सिल गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। यस्तै, बलेफी– ५ कोठेमा मंगलमाया श्रेष्ठको घरको सटरमा अजय तामाङले ३६ बोरा युरिया मल अवैध रूपमा भण्डारण गरेको अवस्थामा फेला पारिएको छ। 

किसानले मल नपाइरहेको बेला अवैध रूपमा मल लुकाइएको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो। सशस्त्र प्रहरी बल बेस लामोसाँघुबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरी र इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक दुपेन्द्र बुढाथोकीको कमाण्डमा संयुक्त टोलीले मल बरामद गरेको हो।

‘अनुदानको मल सहकारीमार्फत मात्र वितरण गर्नुपर्ने प्रावधान हुँदाहुँदै निजी पसलेहरूले अवैध रूपमा भण्डारण गरी महँगो मूल्यमा बिक्री गर्दै आएको आशंका प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रनाउ नेपालले भने। बरामद मलको स्रोत, संलग्न व्यक्तिको भूमिका र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.