पाकिस्तानमा सुरू भयो इरान र अमेरिकाबीच शान्ति वार्ता
काठमाडौं : मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका र इरानी प्रतिनिधिबीच पाकिस्तानको इस्लामावादमा वार्ता सुरु भएको छ।
फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको उल्लेख गरेको छ। दुई पक्षबीच प्रारम्भिक वार्तामा प्रक्रिया र एजेण्डाका विषयमा छलफल भएको थियो। वार्ता हुनुअघि लेबनानको दक्षिणी बेरुतमा इजरयालले आक्रमण रोक्नुपर्ने शर्त तेर्स्याइएको थियो। स्रोतका अनुसार आक्रमण कम भएपछि दुई देशका प्रतिनिधिबीच वार्ता सुरू भएको हो।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएपछि पाकिस्तानले दुवै देशसँग मध्यस्थता गरेर वार्ताका लागि मनाएको थियो।
वार्तामा अमेरिकाबाट उपराष्ट्रपति भान्ससहितको टोली र इरानका तर्फबाट सभामुख मोहम्मद बाघेर गालिबाफको टोली सहभागी छन्।
प्रतिक्रिया दिनुहोस !