राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति पौड भेट्न अध्यक्ष दाहाल आइतबार बिहान शीतल निवास पुगेका थिए।
राष्ट्रपतिको सचिवालयका अनुसार अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफू सहभागी हुने जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए।
साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको जनाइको छ ।
प्रतिक्रिया दिनुहोस !