स्रोत नखुलेको १४ लाख भारतीय नगदसहित १ जना पक्राउ
कपिलवस्तु : स्रोत नखुलेको १४ लाख भारतीय रूपैयाँसहित एक जनालाई प्रहरीले तौलिहवा बजारबाट पक्राउ गरेको छ। मायादेवी गाउँपालिका ८ बरकुल बस्ने २१ वर्षीय अभिषेक गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कपिलवस्तु -२ जमुवार पुल नजिकै गुप्ताले चलाएको लु. १८ प. ८७४७ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा नरोकी भागेपश्चात मोटरसाइकलको पिछा गर्दै जाँदा कपिलवस्तु -१ स्थित जिल्ला प्रशासन कार्यालय तौलिहवा नजिकै प्रहरीले पक्राउ गरेको थियो ।
उनको शरीर र मोटरसाइकल खानतलासी गर्दा मोटरसाइकलको डिक्की र सिट मुनि लुकाई छिपाई राखेको भारतीय रु ५०० दरका नोटको २८ गड्डीको १४ लाख भारतीय रुपैयाँ फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए । पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !