ठडियो बिस्का जात्राको ल्योसिंद्य (तस्बिर)
भक्तपुर : भक्तपुरको बिस्का जात्राको क्रममा सोमबार राति ल्योसिंद्य (लिंगो) उठाइएको छ । साँझदेखि तान्न सुरु गरेको ल्योसिंद्य राति ८ बजे उठाउन सफल भएको हो ।
ल्योसिंद्य डोरीको सहायताले तानेर उठाउने गरिन्छ ।
प्रत्येक वर्ष भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा यसरी ल्योसिंद्य उठाउने गरिन्छ । ५५ हात लामो भएका कारण सयौं युवाले घण्टौं तानेपछि उभ्याउन सकिन्छ।
ल्योसिंखेलमा ल्योसिंद्य उठाउने जात्रा हेर्न दिनभर हजारौंको भीड लागेको थियो । जात्रा हेर्न भक्तपुरसहित मध्यपुर थिमि, काठमाडौं, ललितपुर, काभ्रेलगायतका ठाउँहरूबाट हजारौं मानिस आएका थिए ।






तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !