लेखापढी व्यवसायीले परिचयपत्र देखाएर मात्रै मालपोत कार्यालय प्रवेश गर्न पाउने

लेखापढी व्यवसायीले परिचयपत्र देखाएर मात्रै मालपोत कार्यालय प्रवेश गर्न पाउने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालय झापाले अनधिकृत व्यक्ति (बिचौलिया) प्रवेश कडाइ गरेसँगै सेवा प्रवाहलाई व्यवस्थित,छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गर्ने भएको छ। 

वर्तमान अवस्थामा सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या साथै घण्टौं पर्खिनु पर्ने कुरालाई लक्षित गर्दै मालपोत कार्यालयले बिहीबार सूचना जारी गरी वैशाख ७ गतेदेखि टोकन प्रणाली लागू गर्ने निर्णय गरेको जनाएको छ। 

सूचनामा भनिएको छ,जनशक्ति,क्षमता र संरचनाको आधारमा दैनिक सेवा व्यवस्थापन गर्न ६ वटा मोठ फाँटबाट प्रति मोठ २५ वटा टोकन वितरण गरिनेछ जसअनुसार दैनिक करिब १५० वटा लिखत पारित तथा निर्णयसम्बन्धी कार्य टोकन प्रणालीमार्फत सञ्चालन गरिनेछ। 

टोकन बिहान ९ बजे दर्ता चलानी र नागरिक सहायता कक्षबाट वितरण गरिने कार्यालयले जनाएको छ। सेवा लिन आउने सेवाग्राहीले सम्बन्धित कागजातसहित स्वयं उपस्थित हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले सेवा प्रवाहको क्षमता विस्तारसँगै आगामी दिनमा टोकन सङ्ख्या पनि बढाउँदै लैजाने पनि जनाएको छ।

टोकन प्रणालीमार्फत उपलब्ध सेवाहरूमा लिखत पारित,संशोधन, नामसारी, दाखिला खारेज, प्रतिलिपि, रोक्का र अद्यावधिक रहेका छन् । त्यस्तै टोकन आवश्यक नपर्ने सेवाहरूमा फुकुवा, वर्गीकरण, स्रेस्ता उतार, हालसाबिक र भूमिसुधार फाँटसँग सम्बन्धित कार्यहरू रहने कार्यालयले जनाएको छ । त्यस्तै मालपोत कार्यालयले  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनपछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।

विभागको पत्रअनुसार कार्यालय परिसरमा अनधिकृत व्यक्तिहरू (बिचौलिया) को प्रवेशमा कडाइ गरिएपनि अब कार्यालयभित्र प्रवेश गर्नका लागि सेवाग्राहीले अनिवार्य रुपमा परिचय खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालयले जारी गरेको सूचनामा सेवाग्राहीलाई सहजीकरण गर्न आवश्यक परेमा मात्र भू–सेवा सञ्चालक, कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई प्रवेश अनुमति दिइने उल्लेख गरिएको छ । 

यस्ता व्यक्तिहरूले भने नेपाल लेखापढी तथा कानून व्यवसायी एसोसिएसन,इकाई समिति भद्रपुरका अध्यक्षबाट जारी गरिएको परिचयपत्र अनिवार्य रुपमा साथमा राख्नुपर्नेछ । त्यस्तै, सेवाग्राहीलाई आवश्यक कागजातसहित मात्रै कार्यालय आउन तथा आफ्नो कामबाहेक अनावश्यक भीडभाड नगर्न पनि आग्रह गरिएको छ । 

कर्मचारी बाहेक अन्य अनधिकृत व्यक्तिलाई कुनै पनि फाँटभित्र प्रवेश गर्न पूर्णरूपमा निषेध गरिएको कार्यालयले जारी गरेको सूचनामा स्पष्ट पारिएको छ । मालपोत भद्रपुरले ९ वटा पालिकालाई सेवा प्रवाह गर्दै आइरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.