स्ट्रेट अफ हर्मुज खुला गर्ने इरानको घोषणा, ट्रम्पले दिए धन्यवाद

स्ट्रेट अफ हर्मुज खुला गर्ने इरानको घोषणा, ट्रम्पले दिए धन्यवाद
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज युद्धविराम अवधिको बाँकी समयका लागि पूर्णरूपमा खुला रहने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मा जारी वक्तव्यमा उनले लेबनानमा भएको युद्धविरामसँग समन्वय गर्दै स्ट्रेट अफ हर्मुज हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमन बाँकी युद्धविराम अवधिभर पूर्णरूपमा खुला गरिएको बताएका हुन्। 

उनले इस्लामिक गणतन्त्र इरानको बन्दरगाह तथा समुद्री संगठनले यसअघि नै सार्वजनिक गरेको समन्वित मार्गअनुसार जहाज सञ्चालन हुने पनि स्पष्ट पारे। यसअघि इरानले फेब्रुअरीमा अमेरिका-इजरायलको आक्रमणको प्रतिक्रिया स्वरूप विश्वकै व्यस्त तेल ढुवानी मार्ग मानिने हर्मुज बन्द गरेको थियो। त्यसपछि यसै साताको सुरुआतमा अमेरिकाले हर्मुज नौसैनिक नाकाबन्दी सुरु गर्ने घोषणा गरेको थियो।

इरान र अमेरिकाबीचको दुई साताको युद्धविराम आगामी अप्रिल २२ मा सकिने तय छ। यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य पुनः खुला गरिएको विषयमा प्रतिक्रिया दिएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्, 'इरानले अहिले मात्र घोषणा गरेको छ कि इरानको स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला छ र पूर्ण आवागमनका लागि तयार छ। त्यसका लागि धन्यवाद।'

इरानले युद्धविराम अवधिभर जलडमरूमध्य खुला रहने घोषणा गरेपछि ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन्। यस घोषणाले विश्वको प्रमुख तेल ढुवानी मार्ग पुनः सञ्चालनमा आउने संकेत दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.