तादीखोलामा डुबेर युवकको मृत्यु
नुवाकोट : पौडी खेल्ने क्रममा डुबेर नुवाकोटको तादीखोलामा शनिबार एक युवकको ज्यान गएको छ । वेलकोटगढी नगरपालिका–१० तादीपुल नजिकै पौडी खेल्ने क्रममा ती युवकको डुबेर ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ ।
पासाङल्हामु मार्गको काठमाडौ–त्रिशूली सडक खण्डको वीचमा रहेको तादीखोलास्थित पुलको मुनी साथीहरुसहित पाँच जना शनिबार दिउँसो पौडी खेल्ने क्रममा दुप्चेश्वर गाउँपालिका–६ करेजुङका १८ वर्षीय सुनबहादुर तामाङलाई खोलाले वगाई वेपत्ता बनाएकोमा खोजतलासको क्रममा उनको शव आधा घण्टापछि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले जानकारी दिए ।
घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको डीएसपी लामाको भनाई छ । मृतक युवक पासाङल्हामु सडक मार्ग पुनर्निर्माणको क्रममा मजदुरका रुपमा खटिएका थिए । उनी साथीहरुसँग तादी खोलामा पौडी खेल्न गएका वेला उनी खोलामा डुवेका थिए ।
प्रतिक्रिया दिनुहोस !