अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान, ठोस निर्णय आउनसक्ने ट्रम्पको संकेत
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ब्ल्याकमेल’ गर्न नदिने बताएका छन्। ओभल अफिसमा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले इरानसँग 'धेरै राम्रो वार्ता भइरहेको' बताए।
उनले इरानले विगत ४७ वर्षदेखि चलाखीपूर्ण व्यवहार गरिरहेको टिप्पणी गरे। ट्रम्पका अनुसार इरानी नेताहरूले होर्मुज जलडमरूमध्य बन्द गर्न चाहिरहेका छन्, तर अमेरिकाले त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारे।
'अमेरिकालाई ब्ल्याकमेल गर्न दिइँदैन,' उनले स्पष्ट पार्दै भने। अमेरिकाले यस विषयमा कडा अडान लिएको उनको भनाइ छ। उनले इरान मामिलामा केही खास कुरा आउन लागेको संकेत गरे। तर, उनले स्पष्ट रूमा भने त्यस विषयमा खुलाएनन्।
यता इरानले एसएनएससीले अमेरिकी कदमप्रति आपत्ति जनाएको छ। सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उसले अमेरिकी नौसैनिक अवरोधलाई युद्धविरामको उल्लंघन भनेको छ।
युद्ध अन्त्यका लागि भइरहेको वार्ताका सन्दर्भमा एसएनएससीले अमेरिकाले नयाँ प्रस्तावहरू अघि सारेको उल्लेख गर्दै ती प्रस्तावहरूलाई तेहरानले हालः अध्ययन गरिरहेको र अझै प्रतिक्रिया नदिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !