ऊर्जा संकट : इन्धन र कोइलाको खपत घटाउन प्यालेट उत्पादन सुरू

ऊर्जा संकट : इन्धन र कोइलाको खपत घटाउन प्यालेट उत्पादन सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : विश्व बजारमा ऊर्जा संकट भइरहेको बेला झापाको मेचीनगर–१५ स्थित पराजुली बायोमास ब्रिकेट उद्योगले इन्धन र कोइलाको खपत घटाउन प्यालेट उत्पादन सुरू गरेको छ । उद्योगले सोमबार अक्षय तृतीयाको शुभ अवसरमा ब्रिकेटसँगै प्यालेट (बोटबिरुवा कटानपछि निस्किने भुस र फोहोरलाई प्रशोधन गरी इन्धनको रूपमा प्रयोग गर्न मिल्ने ठोस ऊर्जा सामग्री) उत्पादन सुरु गरेको हो ।  

वि.सं. २०७५ साल माघमा करिब १२ करोड लगानीमा स्थापना भएको उद्योगले यसअघि ब्रिकेट मात्र उत्पादन गर्दै आइरहेको थियो । थप ५ करोडको लागतमा छुट्टै प्लान्ट बनाएर प्यालेट उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिए । 

बढ्दो वायु प्रदूषण रोक्न,भारतबाट आयातित कोइला र इन्धन खपत घटाउन प्यालेट र ब्रिकेट उत्पादनमा जोड दिएको सञ्चालक पराजुलीको भनाइ छ ।  प्यालेट र ब्रिकेट ग्रीन इन्भारमेन्टको हिस्सा हो । यसले दाउरा कटान घटाउँछ,दाउरा वा काठ भुस उपयोग हुन्छ र धुवाँ र कार्बन उत्सर्जन कम गराउँछ । यो कम धुवा र वातावरणमैत्री इन्धनको रुपमा प्रयोग गर्न सकिने बताउँदै सञ्चालक पराजुलीले भने,‘आगोबाट चल्ने यहाँका चिया लगायत अन्य ठूला उद्योगले सजिलै प्यालेटलाई प्रयोगमा ल्याउन सक्छ ।’ 

'हामी पेट्रोल,डिजेल र कोइलामा परनिर्भर छौँ । हामीलाई ती वस्तु दियो भने आउँछ,नत्र आउँदैन । अहिले मध्यपूर्व द्धन्द्धले उर्जा संकट भएर इन्धनको मूल्य पनि आकाशिएको छ । 

त्यसैले प्यालेट र ब्रिकेट भनेको हाम्रै देशमा उम्रिएको बोटबिरुवाबाटै बनेको वस्तु हो । नेपाल सरकारले वन डढेलो रोक्न लागि प्यालेट उत्पादनमा विशेष ध्यानदिनु पर्ने बताउँदै उनले भने,'डढेलो लागेर जुन बोटबिरुवा खेर गएको छ । भोलिका दिनमा त्यसलाई पनि पैंसामा परिणत गर्न सकिन्छ । त्यो भनेको ग्रीन गोल्ड हो । जुन हामी किन्छौ । कोइला खरिदमा जुन रकम भारत जाँदैछ त्यसलाई शून्यमा झार्ने सक्छौँ ।'
 
'भेनियर उद्योगबाट निस्किएको फोहोर वस्तुलाई पहिला फाल्नु पथ्र्यो कि जलाउनु पथ्र्यो । अहिले हामी त्यो फोहोर वस्तु किनेर इन्धन बनाइराखेका छौँ । उद्योगमा लगाइएको आधुनिक स्तरको यो प्लान्टले १२ घण्टामा ७० हजार केजी प्यालेट उत्पादन गर्न सक्छ । अहिले यहाँका चिया उद्योगका लागि दैनिक ४० टन प्यालेट माग भइसकेको छ । भारतको सिलुगढीबाट पनि यसको माग आइसकेको छ । ‘भोलिका दिनमा यसलाई भारत निर्यात गर्न सक्दा विदेश मुद्रा पनि सजिलै भित्राउन सकिन्छ,’ उनले थपे । 

यो किसिमका उत्पादन गर्ने उद्योगीहरूलाई प्रोत्साहन गर्न सरकारले नीति बनाउन आवश्यक छ । सरकारले बायोमासमा लागेका उद्योगीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन देखि आयकरमा पनि छुटको व्यवस्था गरिदिए देशमा उद्योगधन्दा अझ फस्टाउँदै जान्छ । सरकारले यस्ता उद्योगलाई विकल्पमा भन्दा प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.