गीता पाण्डे मृत्यु प्रकरण : दुई चिकित्सकसहित पाँच जना प्रहरीको नियन्त्रणमा

गीता पाण्डे मृत्यु प्रकरण : दुई चिकित्सकसहित पाँच जना प्रहरीको नियन्त्रणमा
सुन्नुहोस्

बुटवल : गर्भपतन गराउँदा निजी क्लिनिकमा डुलाउँदा डुलाउँदै मृत्यु भएकी बगनासकाली गाउँपालिका–२ पाल्पा स्थायी घर भएकी गीता पाण्डे मृत्यु प्रकरणमा आरोपित दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रमुख आरोपितको रुपमा रहेका खत्री नर्सिङ होम बुटवल इटाभट्टीका सञ्चालक समेत रहेका डा. डिबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा.सतिष रुपाखेतीलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो । यसअघि तीन जनालाई प्रहरीले पक्राउ परिसकेको छ । प्रहरीले इन्दुलेखाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेय, सन्ध्या बस्नेत र जोनल फार्मेसीका निलम घर्तीमगरलाई पक्राउ गरेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका–३ सुमेरुपथ रुपन्देहीमा बसोवास गर्दै आइरहेकी २९ वर्षीया मृतक पाण्डेलाई खत्री नर्सिङ होममा उनका श्रीमान प्रकाश पाण्डेले नियमित चेकजाँच गर्दै आइरहेका थिए । पेटमा १२ हप्ताको गर्भ हुँदा डा. खत्रीले असामान्य छ भनेपछि गर्भपतन गर्न सुझाव दिएका थिए । तर, खत्रीले सही उपचारको निकास नदिएर अन्यत्रका क्लिनिकमा पठाएपछि समस्या झन बल्झिदै गएको पीडित परिवारले जनाएका छन् ।

मृतकका श्रीमान प्रकाश पाण्डेले डा.खत्रीसहित अवैध गर्भपतन गराउन संलग्न पाँच जनालाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका छन् । गर्भपतन गराउनका लागि खत्री नर्सिङ होमले रिफर गरेको जोनल फार्मेसीले १६ हजार रुपैयाँ शुल्क लाग्ने बताएका थिए । अवैध रुपमा गर्भपतन गराउने र पैसा असुल्ने गिरोहले अनाहकमै महिलाहरुले ज्यान गुमाउनु परेको पीडितहरुले बताएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.