गीता पाण्डे मृत्यु प्रकरणमा छानबिन समिति गठन

गीता पाण्डे मृत्यु प्रकरणमा छानबिन समिति गठन
सुन्नुहोस्

बुटवल : गर्भपतन गराउँदा बुटवलमा मृत्यु भएकी पाल्पाकी गीता पाण्डेको घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलले समिति गठन गरेको छ। काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा बुधबार ६ सदस्यीय समिति गठन गरिएको हो। 

समितिको सदस्यमा काउन्सिलका विज्ञ एवं स्त्री तथा प्रसुतीरोग विज्ञशेषद्धय प्रा.डा. पदमराज पन्त र राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजको तर्फबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे छन्। काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले गठित छानबिन समितिको बारेमा जानकारी गराएका हुन्। सम्बन्धित स्वास्थ्य संस्थामा के भएको हो? स्थानीय प्रशासन र नेपाल प्रहरीको समन्वयमा स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन काउन्सिलमा पठाउन भनिएको छ। 

गर्भपतन गराउँदा बुटवलका तीन वटा निजी क्लिनिकमा डुलाउँदा डुलाउँदै २९ वर्षीय पाण्डेको शनिवार मृत्यु भएको थियो। उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शव गृहमा राखिएको छ। घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने परिवारले जनाएका छन्। प्रहरीले घटनामा संलग्न दुई जना चिकित्सक सहित पाँच जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। पाल्पाको बगनासकाली गाउँपालिका-२ स्थायी घर भएकी पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ सुमेरुपथमा बस्दै आएकी थिइन्। उनी नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखामा कार्यरत थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.