कांग्रेस संसदीय दलको नेता चुन्न भोलि निर्वाचन,को-को छन् आकांक्षी ?

कांग्रेस संसदीय दलको नेता चुन्न भोलि निर्वाचन,को-को छन् आकांक्षी ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको छ ।  कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको हो । 

कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले जानकारी दिए। दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको उनले बताए।

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएपनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने बताए । सहमति हुन नसके प्रक्रियाबाट दलको नेता चयन गरिने उनको भनाइ छ । 

दलको नेता चयनका लागि शुक्रबार ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ । त्यस्तै दिउँसो साँढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने,अपरान्ह ४ देखि ५ बजेसम्म मतदान र मतदात सकिए पनि मतगणना गरेर शुक्रबार नै निर्वाचन परिणाम घोषणा हुने कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी,भीष्मराज आङ्देम्बे,मोहन आचार्य लगायतको दावी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.