विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट पूर्ण कार्यान्वयनको माग गर्दै प्रजिअलाई ध्यानाकर्षण पत्र

विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट पूर्ण कार्यान्वयनको माग गर्दै प्रजिअलाई ध्यानाकर्षण पत्र

हेटौंडा : मकवानपुरमा विद्यार्थीहरुले सार्वजनिक यातायातमा पाउँदै आएको ४५ प्रतिशत छुट पूर्ण रूपमा कार्यान्वयनको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार विहान हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कार्यबाहक अध्यक्ष भरतमोहन देवकोटाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा नेपाल सरकारद्वारा व्यवस्था गरिएको सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुट प्रदान गर्ने नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको स्ववियु सदस्य नितेश भण्डारीले बताए । 

यस्तै जिल्लाभित्र सञ्चालनमा रहेका कतिपय सार्वजनिक सवारी साधनहरूले उक्त छुट नदिने, मनोमानी भाडा असुल गर्ने तथा विद्यार्थीहरुमाथि दुव्र्यवहार गर्ने जस्ता गुनासाहरु  आईरहेकाले त्यस समस्याको समाधानका लागि आग्रह गरिएको छ । साथै सार्वजनिक यातायातका साधनहरूले नेपाल सरकारको नीतिअनुसार विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुटलाई अनिवार्य र प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक अनुगमन, निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइदिन आग्रह गरिएको छ । 

उक्त विषयमा समयमै आवश्यक कदम चालिएन भने, विद्यार्थीहरुको हकहितको संरक्षणका लागि स्ववियु हेटौंडा क्याम्पस थप सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने व्यहोरा समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.