एमालेको प्रमुख सचेतकमा ऐन महर मनोनित
काठमाडौं : प्रतिनिधिसभामा नेकपा (एमाले)को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।
एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुनेगरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !