कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा सहमतिमा संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यसूची रहेको जनाइएको छ।
संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। सर्वसम्मत चयनका लागि भएको प्रयासमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति जुट्न नसक्दा शुक्रबार गर्ने भनिएको निर्वाचन पार्टीमा कुरा नमिल्दा स्थगित भएको थियो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितका लागि अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
४