धरानमा स्विप अप्रेसन : अनलाइन जुवा खेलाउने १० जना पक्राउ

धरानमा स्विप अप्रेसन : अनलाइन जुवा खेलाउने १० जना पक्राउ
सुन्नुहोस्

सुनसरी : धरानबाट अनलाइन जुवा खेल्ने तथा खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार राति करिब १०:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकको मण्डला क्याफेमा अनलाइन जुवा (1Xbet) सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले छापा मारेको हो। सो क्रममा जुवा खेल्दै तथा खेलाउँदै गरेका १० जनालाई नियन्त्रणमा लिइएको धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए।

पक्राउ पर्नेहरूमा धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, ३३ वर्षीय सुजित साह, धरान–१६ का ४१ वर्षीय अशोक लिम्बु र धरान–१५ का ३५ वर्षीय भवानी दाहाल रहेका छन्। 

प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका १५ थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए। उनले राईले अनलाइन जुवाजस्ता अवैध गतिविधि नियन्त्रणका लागि निगरानी अझ कडा पारिएको बताए।

यसैबीच सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले जिल्लाभर अवैध गतिविधि, गुण्डागर्दी, लागुऔषध कारोबार तथा चोरी–तस्करी नियन्त्रणका लागि २४ घण्टे स्विप अप्रेसन सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार पछिल्लो पाँच दिनमै ३०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत गराउँदै नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.