इन्डोनेशियाको जकार्तामा दुई रेल ठोक्किँदा १४ जनाको मृत्यु

इन्डोनेशियाको जकार्तामा दुई रेल ठोक्किँदा १४ जनाको मृत्यु
सुन्नुहोस्

जकार्ता : इन्डोनेशियाको राजधानी जकार्ता नजिक दुई वटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी मानिस घाइते भएका छन् । उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई निकाल्ने प्रयासमा जुटिरहेका छन् ।

जकार्तासँग जोडिएको बेकासी सहरको रेल स्टेशनमा यो दुर्घटना भएको हो । कम्युटर लाइनको रेल र लामो दूरीको रेल एकआपसमा ठोक्किएको कम्युटर लाइनकी प्रवक्ता करिना अमान्डाले जानकारी दिएकी छन् ।

राज्य स्वामित्वको केएआई रेल कम्पनीले मंगलबार दिएको वक्तव्यअनुसार बिहान ०८ः४५ बजे (पश्चिम इन्डोनेशियाली समय) सम्म १४ जनाको मृत्यु पुष्टि भएको छ । साथै ८४ जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

इन्डोनेशियाको राष्ट्रिय खोज तथा उद्धार निकायका प्रमुख मोहम्मद स्याफीले घटनास्थलमा अझै पनि केही मानिसहरू भग्नावशेषमा फसेका कारण उद्धार कार्य जारी रहेको बताएका छन् । उनका अनुसार रेलका डिब्बाहरूमा ठूलो क्षति पुगेको र काम गर्ने स्थान साँघुरो भएकाले उद्धार कार्य जटिल बनेको छ । त्यसैले उद्धारकर्मीहरूले बिस्तारै फलामका संरचना काट्दै फसेका यात्रुहरूलाई निकाल्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.