भारतमा कुटपिट गरी गम्भीर घाइते बनाइएका सन्तोषको उद्धार

भारतमा कुटपिट गरी गम्भीर घाइते बनाइएका सन्तोषको उद्धार
सुन्नुहोस्

झापा : भारतमा कुटपिट गरी गम्भीर घाइते बनाएका झापाका एक व्यक्तिलाई उद्धार गरी नेपाल फर्काइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–८ बाहुनडाँगी निवासी ५६ वर्षीय सन्तोष बिक भारतको उत्तर प्रदेश राज्यको बनारसस्थित एक सरकारी अस्पतालमा उपचाररत रहेको अवस्थामा उद्धार गरी स्वदेश फकाइएको हो । हाल सन्तोषको नोबेल अस्पताल विराटनगरको आइसीयुमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गत वैशाख १० गते जिल्ला प्रहरी कार्यालय झापाका एसपी वसुन्धरा खडकाको मोबाइलमा जानकारीसहितको एउटा भिडियो सन्देश आएको थियो । जसमा सन्तोष बनारसको एक सरकारी अस्पतालमा बेवारिसे अवस्थामा उपचाररत रहेको उल्लेख गरिएको थियो । उक्त भिडियोमा देखिएको व्यक्तिको घर बाहुनडाँगी हुनसक्ने आशंकामा प्रहरी चौकी बाहुनडाँगीलाई आवश्यक खोजतलासका लागि निर्देशन दिइएको थियो ।

लगत्तै खटिएको प्रहरी टोलीले करिब आधा घण्टामै सम्बन्धित व्यक्तिको घर ठेगाना पत्ता लगाई आफन्तसँग सम्पर्क गरेका थिए । त्यसपछि आफन्तहरू प्रहरीको समन्वयमा भारतको बनारस पुगेका थिए । बनारस पुगेपछि मात्र आफन्तजनहरूले सन्तोषमाथि कुटपिट र लुटपाट भएको घटनाबारे थाहा पाएका थिए । अपरिचित व्यक्तिहरूले सन्तोषलाई कुटपिट गरी उनीसँग भएको सरसामान र नगद लुटेर फरार भएका थिए । 

घाइते अवस्थामा रहेका सन्तोषलाई त्यहीका स्थानीयले उद्धार गरी बनारसको सरकारी अस्पतालमा भर्ना गराएका थिए । आफन्तजनहरूले बैशाख १२ गते सन्तोषलाई उद्धार गरी जोगबनी नाकाबाट विराटनगर ल्याएर अस्पताल भर्ना गराएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.